• Sunday 4th of October 2026

ओलीलाई सम्मानजनक बिदा लिन दिएको भट्टराईकाे प्रस्ताव अस्वीकृत


  • धनकुटा खबर
  • .

काठमाडाैं, ८ असाेज । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक बिदा लिन दिएको प्रस्ताव अस्वीकृत भएको बताएका छन्।

 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्ना विचारहरू आगामी बैठकहरूमा निरन्तर उठाउँदै जाने र हाललाई पार्टीका निर्णयहरू कार्यान्वयन गर्दै अघि बढ्ने स्पष्ट पारे।

 

भट्टराईका अनुसार अब एमालेको मुख्य कार्यभार आगामी स्थानीय चुनाव हो। पार्टी एक ढिक्का भएर चुनावको तयारीमा लाग्ने, तल्ला कमिटीहरूलाई उम्मेदवार छनोटको अधिकार दिने र जनताको भावनाअनुसार घोषणापत्र तयार पारेर चुनावमा जाने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖