काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति सकारात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले शाहले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको बिक्री तथा व्यापारिक प्रतिस्पर्धाका कारण साना र कमजोर मुलुक तथा नागरिकले भोगिरहेको दबाबका विषय उठाएको उल्लेख गरेका छन्।
उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, सम्भावित विश्वव्यापी संकट, जलवायु न्याय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यका विषय पनि सम्बोधनमा उठाइएको बताएका छन्।
यी विषय नेपालले विगतदेखि नै उठाउँदै आएको र अहिले पनि प्राथमिकताका साथ जोड दिनुपर्ने विषय भएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री शाहलाई धन्यवाद दिएका छन्।
