काठमाडौं । प्रधानमन्त्री बालेनले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको आवाज उठाइरहेका बेला प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन उनको सम्बोधन ध्यानपूर्वक सुनिरहेका देखिए।
काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि प्रधानमन्त्री बनेसम्म बालेनलाई पृष्ठभूमिमा रहेर सल्लाह र सुझाव दिँदै आएका बेनको पहिरन पनि बेला–बेला चर्चामा आउने गरेको छ।
सामान्यतया चेक सर्ट र बाक्लो ज्याकेटमा देखिने बेन न्युयोर्क प्रस्थान गर्ने दिन विमानस्थलमा पनि त्यही शैलीमा देखिएका थिए। तर, संयुक्त राष्ट्रसंघको महासभामा शुक्रबार उनी सेतो सर्ट, टाइ र कोटमा देखिए।
कोटमा सिलाम साक्मासमेत लगाएका बेन प्रधानमन्त्री बालेनको सम्बोधनका क्रममा निकै ध्यानपूर्वक सुनिरहेको अवस्थामा देखिएका थिए। उनको बदलिएको हुलियालाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ।
