• Sunday 4th of October 2026

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्।

महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए। उनले महासभालाई ८ गते सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका सदस्यहरूसँग भेटवार्ता पनि गरेका थिए। भेटका क्रममा नेपालका प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो।

महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका संकटको उदाहरणका रूपमा उल्लेख गरेका थिए। उनले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

जलवायु संकट सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालजस्ता मुलुकले ठूलो रूपमा व्यहोर्नुपरेको प्रधानमन्त्री शाहको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖