• Sunday 4th of October 2026

एक युवा जसले गरे गगन थापाको नेतृत्वको अधिवेशन अस्वीकार


  • धनकुटा खबर
  • .

पोखरा । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनलाई लिएर पार्टीभित्र देखिएको दुई धारप्रति युवा नेता बिपिन पौडेलले चिन्ता व्यक्त गरेका छन् । १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका र हालसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरका अध्यक्ष रहेका विपिन पौडेल असोज ३ गतेको गगन थापा नेतृत्वको नेपाली काँग्रेसको अधिवेशनमा सहभागी भएनन् ।

असोज ५ गते देउवा समुहले कास्कीमा अधिवेशन तयारी भेला कार्यक्रम राख्यो र नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दल कास्कीका पुर्व अध्यक्ष ऋषिराम काफ्लेको संयोजकत्वमा जिल्ला समिति गठन गर्यो र युवा नेता विपिन पौडेल उक्त समितिको जिल्ला सदस्य चयन भए । साथै भेलाले क्षेत्रीय संयोजक र पालिका संयोजकहरु समेत तोकेको छ ।

१५ औ महाधिशन तयारी भेलामा केन्द्रीय सदस्य गुरु बराल, प्रदेशका उप-सभापति मेखलाल श्रेष्ठ, कास्कीका पुर्व सभापति शोभियत अधिकारी, प्रदेश सभा सदस्य मा.सरस्वती गुरुङ, महासमिति सदस्य पोषनाथ शर्मा, विकाश गुरुङ, गण्डकी प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि आशिक गुरुङ, गणेश भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

साथै पौडेलले आफू युवा नेतृत्वको प्रबल पक्षधर भए पनि विभाजित अवस्थामा हुने एकल अधिवेशनले पार्टी थप कमजोर हुने भन्दै पहिले एकता आवश्यक रहेको बताएका छन् र १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले गर्ने १५ औ महाधिवेशनमा सबैलाई सहभागि रहन आग्रह गरे । अग्रज नेताहरूको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई नेतृत्वमा ल्याउनुपर्ने उनको धारणा छ। ‘ पहिले कांग्रेस एक होस्, त्यसपछि अधिवेशन होस्,’ पौडेलले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖