• Sunday 4th of October 2026

पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा चुनौतीपछि प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति सुरक्षाका लागि नियन्त्रणमा लिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले महाराजगन्जस्थित जबराको निवासबाट उनलाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालयमा ल्याएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि आक्रमण हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको हो।

प्रहरी स्रोतले जबराविरुद्ध उजुरी परेको दाबी गरे पनि एसएसपी खड्काले भने उनीविरुद्ध कुनै उजुरी नपरेको बताएका छन्।

‘जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि हामीले सुरक्षाका लागि प्रहरीकहाँ ल्याएका हौँ,’ खड्काले भने।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन्।

जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।

उनीविरुद्धको महाअभियोग प्रस्ताव पारित नभए पनि प्रस्ताव दर्तापछि जबरा सर्वोच्च अदालतमा फर्किन पाएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖