• Sunday 4th of October 2026

पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएपछि एसएसपी खड्कालाई बयानका लागि बोलायो मानव अधिकार आयोगले


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला आयोगको टोलीलाई भेटघाट तथा हिरासत अनुगमन गर्न नदिएको विषयमा आयोगले खड्कालाई बयानका लागि बोलाएको हो।

आयोगले सोमबार पत्राचार गर्दै खड्कालाई असोज १३ गते मंगलबार आयोगमा उपस्थित हुन निर्देशन दिएको आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।

‘एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरिएको हो,’ काफ्लेले भने, ‘आयोगको टोलीलाई हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्न लागिएको हो।’

आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर, प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो।

यसअघि आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा खतरा रहेको भन्दै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो।

जबरालाई सुरक्षा चुनौती रहेको भन्दै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖