• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी एवं शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई थुनामा पठाउने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौ । व्यवसायी एवं शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाउने आदेश दिएको छ।

मंगलबार अध्यक्ष वासुदेव आचार्य तथा न्यायाधीशद्वय हेमन्त रावल र विदूर कोइरालाको इजलासले अग्रवाललाई थुनामा राख्ने आदेश दिएको हो।

यसअघि बैंकिङ कसूर मुद्दामा थुनामा रहेका अग्रवाललाई सर्वोच्च अदालतले भदौ ३१ गते १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चले उमेर, स्वास्थ्य अवस्था तथा अभियोगसँग जोडिएका विभिन्न तथ्यलाई आधार बनाउँदै तत्काल थुनामै राख्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको थियो।

तर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा उपस्थित भएका अग्रवाललाई मंगलबार पुनः थुनामा पठाउने आदेश भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖