पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल महाधिवेशन प्रतिनिधिमै पराजित भएकी छिन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी उनी पराजित भएकी हुन् ।
खुला महिला क्लस्टरबाट चुनावमा प्रतिस्पर्धा गरेकी उनले २ सय ८९ मत प्राप्त गरिन् । जितका लागि उनलाई ५४ मत पुगेन । यसअघि १४औँ महाधिवेशनमा सहजै महाधिवेशन प्रतिनिधि बनेकी पोखरेल यसपटक भने पराजय भोग्न बाध्य भएकी हुन् ।
महिला क्लस्टरबाट चार जना महिला निर्वाचित हुँदा कोपिला रानाभाट (५६८ मत), रेनुका गुरुङ (४१० मत), निशा मल्ल ठकुरी (३७१ मत) र डाल्डा देवी भुजेल (३४२ मत) विजयी भएका छन् ।
