• Monday 5th of October 2026

कांग्रेसमा २४ पदाधिकारीको प्रस्ताव, केन्द्रीय सदस्यको संख्या पनि बढाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाएको छ । यसअघि १३ जना पदाधिकारी रहेको कांग्रेसमा संख्या बढाएर २४ बनाइएको छ ।

कांग्रेसको १५औं महाधित्रेशनको बन्दसत्रमा पदाधिकारी बढाउने प्रस्ताव छलफलका क्रममा छ । अब कांग्रेसमा सभापति एक, वरिष्ठ उपसभापति एक, महिला एकसहित तीन उपसभापति, महिला एकसहित तीन महामन्त्री, सहमहामन्त्री चारजना मनोनीत महिलासहित १५, एकजना प्रवक्ता रहनेछन् ।

कांग्रेसमा कोषाध्यक्षलाई पनि पदाधिकारीकै हैसियत दिने गरिन्छ । सभापतिले केन्द्रीय सदस्य निर्वाचित वा मनोनयनबाट आएकालाई कोषाध्यक्ष नियुक्त गर्नेछन् । यसर्ी कांग्रेसमा पदाधिकारी २५ जनाको रहनेछ । तर यसबारे कांग्रेसले अहिलेसम्म केही निर्णय गरेको छैन ।

कांग्रेसमा केन्द्रीय सदस्यकाे संख्या बढाएर २६२ बनाउने प्रस्ताव गरिएकाे छ । यसअघि १६४ जना केन्द्रीय सदस्य हुन्थे ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖