काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्विरोध भएका विश्वप्रकाश शर्माले सभापतिमा विजयी भएका गगन थापालाई शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन । हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई ।
अफ्ट्यारा आउँछन्, सामना गर्नु छ संयमले । जोड्नु छ भिन्न मत र मनहरू । पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी। इमानदार रहनु छ इतिहासप्रति, सम्भव तुल्याउनु छ समुन्नति ।’
उनी थप भन्छन्– ‘हामीले सक्नुपर्छ र सक्नेछौँ । अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्ध छौँ साथमा , लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’
