• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस सहमहामन्त्री पदको मतगणना सुरु गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आइतबार सूचना जारी गर्दै सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना बिहान ११ बजेदेखि सुरु हुने जानकारी दिएका छन् ।

त्यस्तै, सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना मध्यान्ह १२ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा सुरु हुने सूचनामा उल्लेख छ ।

यसअघि शनिबार राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको निर्वाचनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले मतगणनाका लागि दुई जना प्रतिनिधि राख्न पाउनेछन् । तर, केन्द्रीय सदस्य पदका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्न नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖