• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यमनको राष्ट्रपति भवनमा मिसाइल आक्रमण, पाँचजनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको प्रशासनिक केन्द्र अदेनस्थित राष्ट्रपति भवन अल–मआसिकमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

यमनका सूचनामन्त्री मुअम्मर अल–इरियानीले बीबीसीलाई बताएअनुसार महलमा पाँचवटा बलिस्टिक मिसाइल प्रहार भएका थिए । आक्रमणका बेला प्रधानमन्त्री र अन्य मन्त्रीहरू महलमै रहे पनि उनीहरू सुरक्षित रहेको उनले बताए ।

स्वास्थ्यमन्त्री कासिम बुहैबेहले मृतकमा महल परिसरको सुरक्षामा खटिएका सुरक्षाकर्मी र नागरिक कर्मचारी रहेको पुष्टि गरेका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सारेईले भने अदेनस्थित साउदी नेतृत्वको सैन्य गठबन्धनको सैन्य सञ्चालन मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन् । इरानसमर्थित हुथी विद्रोहीविरुद्धको कारबाहीमा साउदी अरब नेतृत्वको गठबन्धनले यमनी सरकारी सेनालाई हवाई सहयोग दिँदै आएको छ ।

यमनका प्रधानमन्त्री शाया जिन्दानीले आक्रमणको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण कार्य’ र हुथीहरूको ‘आपराधिक व्यवहारको निरन्तरता’ भनेका छन् ।

सरकारले आफ्ना जिम्मेवारी निरन्तर निर्वाह गरिरहने बताउँदै उनले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रलगायत विभिन्न मोर्चामा हुथीविरुद्ध जारी सैन्य कारबाही नरोकिने स्पष्ट पारेका छन् । बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖