• Saturday 17th of October 2026

७ दिनभित्र हाजिर नभए प्रहरी निरीक्षक सुनारलाई सेवाबाट हटाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरी सेवाको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक डा. विजय सुनारको नाममा गृह मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन आउनेबारे म्याद सूचना जारी गरेको छ।

कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ६ घर भई सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायल डोटी दरबन्दी रही नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. विजय सुनार २०८३ साउन २७ गतेदेखि खटाइएको डिउटीमा अनुपस्थित रहेका छन्।

उनले इलेक्ट्रिक हाजिरी तथा हाजिर रजिस्टरमा समेत हाजिर नगरी कसैलाई जानकारी नगराई गैरहाजिर रहेका हुन्। स्थायी वतनमा खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएपछि गृह मन्त्रालयले यो सूचना प्रकाशित गरेको जनाएको छ।

सूचना प्रकाशित भएको मितिले बाटाको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

तोकिएको समयभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म कार्यालयमा अनुपस्थित रहेको कसुरमा नियम १०९ को खण्ड (ख) (१) बमोजिम ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖