• Saturday 28th of November 2026

प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत भ्रमणमा जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाह आगामी ६ मंसिरमा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन् । उनी भोलिपल्टै स्वदेश फर्कने कार्यक्रम तय भएको उच्च स्राेतले बतायाे ।

स्राेतका अनुासर प्रधानमन्त्री शाह ६ मंसिर दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली जानेछन्। उनी ७ मंसिर अपराह्न ४ः२० बजे सोही निगमको नियमित उडानबाट काठमाडौं फर्कने तयारी छ।

यद्यपि सरकारले भ्रमणको औपचारिक घोषणा र अन्तिम कार्यतालिका सार्वजनिक गरेकाे छैन । भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गणेश पौडेल मंगलबार दिल्ली जाने स्रोतले जनाएको छ। स्रोतका अनुसार भ्रमण तालिकामा केही परिवर्तन हुन सक्ने सम्भावना पनि छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖