• Friday 27th of November 2026

रास्वपा जिल्ला उपसभापति थापा पदमुक्त


  • धनकुटा खबर
  • .

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिले मकवानपुर जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदबाट हटाउने निर्णय गरेको छ।

रास्वपा बागमती प्रदेश सदस्य राजु सुनारका अनुसार मंसिर १० गते बसेको प्रदेश समितिको बैठकले थापालाई पदमुक्त गर्ने निर्णय गरेको हो।

गत जेठमा पाँच वर्षे कार्यकालका लागि जिल्ला उपसभापतिमा निर्वाचित भएका थापा नियुक्त भएको छ महिना नबित्दै पदबाट हटाइएका हुन्।

मकवानपुर जिल्ला समितिले थापामाथि कारबाही गर्न प्रदेश समितिसमक्ष सिफारिस गरेको थियो। उक्त सिफारिसपछि प्रदेश समितिको पूर्ण बैठकले जिल्ला समिति र प्रदेशस्तरीय छानबिन समितिका प्रतिवेदनमाथि छलफल गरेको थियो।

दुवै समितिका प्रतिवेदन अध्ययन गरेपछि थापालाई पदमुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा भएको सुनारले जानकारी दिए।

प्रदेश समितिको निर्णयबारे पार्टीको केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत जानकारी गराइने उनले बताए।

तर थापालाई पदबाट हटाउनुको ठोस कारण भने निर्णयपत्रमा खुलाइएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖