• Friday 27th of November 2026

नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको राजीनामा माग


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ अध्यादेश तथा नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन् । सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको र कर्मचारीका सुझाव बेवास्ता गरिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार नास्ट परिसरमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको नैतिक जिम्मेवारीका आधारमा राजीनामा माग गरेका छन् ।

कर्मचारीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यससम्बन्धी नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको आरोप लगाउँदै तत्काल खारेज गर्न माग गरेका छन् ।

विरोध कार्यक्रममा प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने र विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने प्रयास स्वीकार्य नहुने बताए । उनले नयाँ व्यवस्थाले दक्ष जनशक्ति पलायनलाई प्रोत्साहन गर्न सक्ने भन्दै विज्ञान तथा अनुसन्धान क्षेत्रको दीर्घकालीन भविष्यलाई ध्यानमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

कँडेलले वैज्ञानिकमैत्री विज्ञान नीति निर्माण गर्नुपर्ने र विवादित अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖