काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूले रित्तो थाल बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
सरकारले खाना दिन बन्द गरेपछि उनीहरू रित्तो थाल बजाएर विरोधमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।
सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई आज दिउँसो २ बजेसम्म स्थान खाली गर्न समयसीमा तोकेको छ ।
काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुमबासी परिवारहरू भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका थिए ।
