• Friday 27th of November 2026

गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री बालेन र रवि लामिछाने सहभागी हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहभागी हुने सम्भावना रहेको छ ।

गुरुङले प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवैलाई भेटेरै विवाहको निम्तो दिएका थिए । लामिछानेलाई केही दिनअघि बूढानीलकण्ठस्थित निवासमा पुगेर निमन्त्रणा दिएका थिए भने प्रधानमन्त्री शाहसँग बुधबार राति भेट गरी विवाहमा उपस्थित हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

उनीहरू दुवैले अन्य कार्यक्रम मिलाएर भए पनि विवाहमा सहभागी हुने वचन दिएको बताइएको छ ।

गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने विवाहमा नबोलाउने निर्णय गरेका छन् । यसअघि अन्य मन्त्रीलाई समेत निमन्त्रणा गर्ने तयारी भए पनि पछि उनले आफ्नो निर्णय परिवर्तन गरेको जनाइएको छ ।

गुरुङको आज काठमाडौंमा इन्गेजमेन्ट हुँदैछ । धेरै वर्षअघि अदालतमा विवाह गरेका उनी अहिले औपचारिक रूपमा विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖