• Wednesday 7th of October 2026

महिला टी- २० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ – जारी आईसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।

आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहँदै समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह बी को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

समूह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुँदै छ । दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖