• Wednesday 7th of October 2026

वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ – न्यूजील्याण्ड आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्यूजील्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १२० रन मात्र बनाएपछि न्यूजील्याण्ड ८ रनले विजयी भएको थियो ।

यस अघि पहिला ब्याटिङ गर्दै न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । २००९ र २०१० को टी-२० विश्वकपमा उपविजेता बनेको न्यूजील्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।

अब न्यूजील्याण्डले आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖