काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो विकेट लिएको छ।
ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।
उनले अमेरिकाका कप्तान मोनांक पटेललाई १ रनमा आउट गरेका हुन्। १.४ ओभरमा १ विकेटको क्षतिमा अमेरिकाले ४ रन बनाएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।
