• Wednesday 7th of October 2026

एमबाप्पे र भिनिसियसको गोलमा रियल मड्रिड विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा गएराति सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ ।

रियलका लागि केलिएन एमबाप्पे र भिनिसियस जुनियरले गोल गरे । यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

खेलको २०औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर सेल्टा भिगोका विलियट स्विडेबर्गले ५१औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

६६औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई फेरि अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै रियलले खेल जितेको हो । भिनिसियसको म्याच विनिङ गोलमा हसिस्ट गरेका लुका मोडरिच रियलका लागि खेल्ने सबैभन्दा पाका खेलाडी बनेका छन् ।

जितपछि रियलले बार्सिलोना समान २४ अंक जोडेको छ र तर गोल अन्तरमा रियल दोस्रो स्थानमै छ । बार्सिलोनाले ९ खेल खेलेको छ भने रियलले १० खेल खेलिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖