• Wednesday 7th of October 2026

अमेरिकालाई पराजित गरी टी–२० सिरिज जिताउँदा सोमपाल ‘हिरो’


  • धनकुटा खबर
  • .

काठमाडौं– सोमबारको तेस्रो खेल बाँकी रहँदा नै नेपालले अमेरिकालाई घरेलु स्टेडियममा दुई खेल जितेर टी–२० क्रिकेट सेरिजको उपाधि हात पारेको छ।

पहिलो खेलमा १७ रनले जित निकालेको नेपालले दोस्रो खेलमा भने आइतबार सुपर ओभरमा अमेरिकालाई स्तब्ध पारी उपाधि हात पारेको हो।

यो उपाधिका निम्ति नेपालका सोमपाल कामी ‘हिरो’ बने। १७१ रनको लक्ष्य दिएको नेपाललाई अमेरिकाले भेट्टाउने अवस्थामा खेललाई सुपर ओभरसम्म लैजाने काममा सोमपाल कामीको भूमिका प्रधान रह्यो।

यति मात्र होइन, सुपर ओभरमा दुई विकेट लिएर अमेरिकालाई २ रनमा रोक्ने सोमपाल कामी यस खेलको हिरो साबित भए। नेपालले सुपर ओभरमा चार बलमा लक्ष्य भेट्टाएर जितलाई आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖