• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछाने लगायत १२ जना विरुद्ध रुपन्देही जिल्ला अदालतद्वारा पनि पक्राउ आदेश जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने माथि जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको आदेशले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराई समेतको जाहेरीले लामिछाने माथि पक्राउ पुर्जी जारी भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको पत्रबाट छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्तबाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिव बहादुर गुरुङ समेत गरी जम्मा १२ जनाको नाउँमा पक्राउ पुर्जी जारी गर्न अनुमति पाउँ भनी माग भएकोमा उनीहरूलाई पक्रा गर्न अदालतले आदेश दिएको छ । उनीहरूलाई पक्राउ गर्न अदालतले बिहीबार आदेश दिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू मध्येका नारायण बहादुर पहराई समेतबाट विपक्षीहरूलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको भनी किटानी जाहेरी परेको थियो ।

‘सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम यी विपक्षीहरू संलग्न रहेको गोरखा मिडिया नेटवर्क प्रालि समेतका कम्पनीहरूमा जम्मा भएको देखिएको र जाहेरी दरखास्त तथा पत्रमा उल्लेख गरिएका कम्पनीहरूमा यी विपक्षीहरू शेयर सदस्य, संचालक समितिका पदाधिकारी र बैङ्किङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरू भएको मिसिल संलग्न कागजातबाट देखिए समेतको आधारबाट यी विपक्षीहरू छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्त बाबु राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिव बहादुर गुरुङ समेत गरी जम्मा १२ जनालाई संगठित रूपमा सहकारी ठगी सम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा (३) बमोजिम पक्राउ गर्न अनुमति दिएको छ’, आदेशमा लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖