• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

ओली सरकारविरूद्ध सडकमा उत्रियो माओवादी, काठमाडौंको शक्ति प्रदर्शनमा जे देखियो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडकमा उत्रिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको हो।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।

सुन्धाराबाट सुरु भएको खबरदारी र्याली रत्नपार्क–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖