• Tuesday 6th of October 2026

तस्विरमा नेपालको प्रर्दशन र साम्बाको सानदान ‘सेलिब्रेसन’


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक १२ । साफ वुमन्स च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। खेलको ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसपश्चात भारतीय खेलाडी सेलिब्रेसनमै रहदाँ रेफ्रीको अनुमतीमा नेपालले बल सञ्चालन गरेर गोल गरेको थियो ।

सावित्राको बलमा प्रिति राईले गोल गरेकी थिईन् । तर, रेफ्रीले सो गोललाई मान्यता दिईनन् । त्यसको विरोधमा नेपाली खेलाडीले मैदान छाडे । लामो समय खेल रोकियो । निर्णयको लगातार विरोध गरे पनि अन्तिममा नेपाली खेलाडी मैदानमा प्रवेश गर्न तयार भए ।

विवादका कारण १ घण्टा ६ मिनेटपछि खेल सुरु भएको केहीबेरमै नेपालका लागि साबित्रा भण्डारी साम्बाले भारतविरुद्ध बराबरी गोल फर्काएकी थिइन्। गोल गरेपछि उनले आक्रामक सेलिब्रेसनसमेत गरिन्। उनले टिसर्ट खोलेर आक्रामक रुपमा सेलिब्रेसन मनाएकी थिइन्। सोही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिइन् । नेपाली टोलीले दोस्रो हाफमा जित मात्र हासिल गरेन भारतमाथि दबाब पनि सृजना गर्यो । जसको मुख्य पात्र बनिन् सावित्रा ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले एक–एक गोल गरेपछि नतिजा पेनाल्टीमा पुगेको थियो। निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको समयमा नेपाली टोली रेखा पौडेलले २ पहेलो कार्ड प्राप्त गर्दा १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो ।

त्यसपछि पेनाल्टी सुटआउटमा नेपाली गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै भारतका दुई खेलाडीका प्रहारलाई रोक्दै नेपाललाई फाइनलको टिकट दिलाइन्। पेनाल्टीमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्कीले गोल गरेका थिए । पेनाल्टी सुटआउटमा नेपालले ४– २ गोल अन्तरले बिजयी हुँदै फाईनल प्रवेश गरेसँगै नेपालले अब बंगलादेशविरुद्ध उपाधिका लागि खेल्नेछ। अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेशबीच फाइनल खेल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖