• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

गगनको रवि लक्षित अभिव्यक्ति- सरकारमा हुँदा पनि उपद्रो, बाहिर पनि उपद्रो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै सङ्गठनको काम नै निराशाको व्यापार गर्नु रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“निराशा छ समाजमा । निराशाको व्यापार गर्नेहरू छन् । कुनै सङ्गठनको आधार नै निराशाको व्यापार हो । त्यसपछि त्यसले निरन्तरता पाउँछ नै,” उनले भने, “कसैको उपद्रो गरिरहने बानी हुन्छ, सरकारमा हुँदा पनि उपद्रो, बाहिर हुँदा पनि उपद्रो । उपद्रो यति लामो समयदेखि गरेको हो कि अब ‘नगर’ भन्दा पनि गर्छ ।”

अगाडि उनले भने, “आम मानिसहरूमा ठूलो नैरास्यता छ । तिमी किन निराशा भएको भनेर गाली गर्नु हुँदैन । सरकार सञ्चालकहरूले यो स्वीकार्नुपर्छ र त्यसलाई चिर्ने जिम्मेवारी लिनुपर्छ ।”

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शृङ्खलाबद्ध आन्दोलन गरिरहेको छ । यसलाई लक्षित गर्दै थापाले ‘कुनै सङ्गठनको काम नै निराशाको व्यापार गर्नु’ हो भनेका हुन् ।

उनले रविलक्षित गरेर ‘सरकारमा हुँदा पनि उपद्रो, बाहिर पनि उपद्रो’ भनेका हुन् । रवि अहिले सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖