• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्राधिकरणले लाइन काट्न थालेपछि ११ उद्योगले तिर्न थाले किस्तामा बक्यौता


  • धनकुटा खबर
  • .

काठमाडौ । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थलेका छन्।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले ११ उद्योगले बक्यौता तिर्न सुरु गरेको जानकारी दिए।

‘बढी बक्यौता हुने सर्वोत्तम सिमेन्ट, रोल्पा सिमेन्टसहितका उद्योग किस्ताबन्दीमा सुरु गरेका छन्’, घोषले भने, ‘प्राधिकरणको बिलिङ मन नपरे अदालत जाने छुट छ। कानुनी प्रक्रियामा पनि नजाने बक्यौता पनि नतिर्नेको लाइन अहिलेकै अवस्थामा जडान हुँदैन।’

उनले सरकारी उद्योगबाट बक्यौता उठ्ने भएकाले लाइन कटान नगरिएको स्पष्ट पारे।

विद्युत् प्राधिकरणले गत बिहीबार ३४ उद्योगको लाइन काटिदिएको छ। प्राधिकरणले बक्यौता तिर्ने उद्योगको लाइन जडान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖