• Tuesday 6th of October 2026

बुधवार नेपालसँग खेल्ने बङ्गलादेशी टोलीमा विवाद- के भने कोचले ?


  • धनकुटा खबर
  • .

काठमाडौं । लगालग दोश्रोपटक नेपालसँग साफ महिला फुटबल फाइनल खेल्न लागेको बङ्गलादेशी टोलीमा विवाद भएको छ ।

विवाद सोसल मिडियाबाट सुरु भएर मास मिडियामा पुगेको छ । बङ्गलादेशी अखबार डेली स्टारका अनुसार खेलाडीले कोचविरुद्ध सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

कप्तान सविना खातुनले एक फेसबुक पोस्ट गरेर कोच पिटर बट्लरलाई लक्षित गरेर आक्रोश पोखिन् । तर, पछि उनले पोस्ट हटाएर माफी मगेकी थिइन् ।

सबिनाले शनिबारको प्रशिक्षणमा पनि भाग लिइनन् । कोच पिटरले पनि विवादमा प्रतिक्रिया दिएका छन् । डेली स्टारका अनुसार उनले भनेका छन्, ‘म बङ्गलादेशमा आएको आठ नौ महिना भयो । र, मैले यो बुझेको छु कि यो सहज हुनेवाला छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖