• Tuesday 6th of October 2026

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ।

नेपालले आज खेल्न लागेको लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ। नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग-२ को खेलमा नेपाल जितबिहीन छ।

लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ।
अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो।
स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ।

यसअघि अघिल्लो वर्ष लिग-२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो। टियु ग्राउन्डमा त्यतिबेला पहिलो खेलमा तीन र दोस्रो खेलमा २ विकेटले स्कटल्याण्ड पराजित भएको थियो।

अमेरिकामै लिग-२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी-२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग-२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖