• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सय दिनमा वर्तमान सरकार असफल भएको बताएका छन् । तर, तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको उनले सुनाए । उनले सरकारको सय दिन असफल रहेको उल्लेख गरेका हुन् ।

उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गरे । सरकार निर्माणको उद्देश्य नै गलत रहेको उनले जिकिर गरे ।

वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको उनले बताए । तत्कालै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको उनले स्पष्ट पारे ।

“सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो – यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्ने कुरा त मैले सुरुमा नै भनेको थिएँ,” उनले भने ।

उनले सरकारले जनताका निम्ति काम नगरेको बताए । सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖