• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि आयोग गठन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए ।

जसको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖