• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

डीआईजीद्वय बुद्धिराज र केदारको एआईजीमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल प्रहरीका दुई नायव महानिरीक्षक (डीआईजी)को एआईजीमा बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖