• Sunday 4th of October 2026

विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गयो


  • धनकुटा खबर
  • .

एजेन्ली – इराकमा एक विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन ।

प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी पछि आगलागी भएको हुनसक्ने अनुमान छ । अग्नि नियन्त्रक तथा स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

इराक सरकारले घटनाबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖