काठमाडौं । हङकङ सिक्सेजमा नेपाल श्रीलंकासँग पराजित भएको छ । शनिबार दिउँसो मोङ कोकमा भएको क्वार्टरफाइनल खेलमा नेपाल ४० रनले पराजित भएको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरै ६ ओभर खेलेर दुई विकेटको क्षतिमा १२३ रन बनाएको थियो र
श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५० र कप्तान लिहुरु मधुशंकाले अविजित ३१ रन बनाए ।
नेपालका लागि प्रतीश जीसी र नारायण जोशीले १–१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा आएको नेपालले रन मात्र बनाउन सक्यो ।
