• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

टंक बुढाथोकीको चलचित्र ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को नायक अशोक दर्जी


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ कार्तिक । संगितकार एवं गायक टंक बुढाथोकीले निर्माणाधीन चलचित्र ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ मा अशोक दर्जीलाई नायकको रुपमा देख्न सकिने बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त खुलासा गरेका हुन् । उनले अशोक अहिले आफूसँगै रहेको र उनी कक्षा ८ मा पढिरहेको बताए ।

‘अशोक अहिले कक्षा ८ मा पढिरहेका छन्, मसँग नै छन् । अशोक के गर्दैछन् भन्ने कुरा चाहिँ चलचित्र ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनिरहेको छ । यसमा सबै कुरा देख्नुहुनेछ । चलचित्रको नायक नै अशोक रहनेछन्,’– उनले भने ।

साथै, अशोकसँग जोडिएर आफूले गरेका सबै कामहरु दर्शक एवं स्रोताहरुले धेरै नै मन पराएको उनको बुझाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖