• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

आज पनि सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने छैनन्। सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ। तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा)को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो। नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो।

त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖