• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा उनको रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

ज्वरो आएर अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖