• Tuesday 6th of October 2026

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि स्पोर्टिङको चार गोल


  • धनकुटा खबर
  • .

पोर्चुगिज क्लब स्पोर्टिङले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि सानदार जित निकालेको छ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पोर्टिङले सिटीलाई ४-१ गोलले पराजित गरेको हो।

खेलको चौथो मिनेटमै स्पोर्टिङविरूद्ध गोल गरेको सिटी त्यसपश्चात गोल गर्न असफल रह्यो। सिटीका लागि फिल फोडेनले गोल गरेका थिए।
घरेलु मैदानमा सिटीलाई पराजित गर्दा भिक्टर ग्योकेरेसले ह्याट्रिक गरे। उनले ३८ मिनेटमा पहिलो गोल गर्दै बराबरीमा पुर्‍याएका थिए।

त्यसपछि दुई वटा गोल पेनाल्टीमार्फत गरेका थिए।
४६ मिनेटमा म्याक्सिमिलियानोले गोल गर्दै सिटीविरूद्ध अग्रता दिलाए।
४९ मिनेट र ८० मिनेटमा स्पोर्टिङले पाएको पेनाल्टीलाई भिक्टरले सदुपयोग गर्दा सिटी फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो।

चार खेलबाट स्पोर्टिङले १० अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम गरेको छ भने सिटी छैटौं स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖