• Tuesday 6th of October 2026

महिला यु–१९ विश्वकप छनोट: नेपाल आज कुवेतसँग भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौ । आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दै छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

बुधवार भएको उद्घाटन खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ओभरमा ३५ रनमा अलआउट भयो ।

नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्यान्डले डबल राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖