• Wednesday 7th of October 2026

राष्ट्रिय टोलीको सूचीमा छैन एमबाप्पेको नाम


  • धनकुटा खबर
  • .

काठमाडौं । नियमित कप्तान केलियन एमबाप्पेले फ्रेन्च राष्ट्रिय टोलीबाट केही समयका लागि विश्राम पाएका छन् ।

यूईएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्धका खेल उनले नखेल्ने निश्चित भएको हो ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले २३ सदस्यीय टोलीको सूचीमा २५ वर्षीय एमबाप्पेको नाम समावेश गरेका छैनन् ।

एमबाप्पे चोटमुक्त भए पनि जोखिम लिन नचाहेर टोलीमा समावेश नगरेको डेसच्याम्पले बताएका छन् ।

फ्रान्सले नोभेम्बर १४ मा इजरायल र त्यसको चार दिनपछि इटालीको सामना गर्नेछ ।

एमबाप्पे फ्रेन्च राष्ट्रिय टोलीका प्रमुख हतियार हुन् । उनको अनुपस्थितिले टोलीको प्रदर्शनमा असर पर्ने सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖