• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

एमाले सचिवालय बैठक सुरु, मानव तस्करीमा जोडिएका लिलाबल्लभलाई होला त कारबाही ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ कात्तिक । स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा आगामी मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाइने बताइएको छ । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।

कोशी प्रदेशका निवर्तमान कानु्नमन्त्री लिलाबल्लभ अधिकारीको बारेमा पनि बैठकले निर्णय लिने बताइएको छ । मानव तस्करीमा जोडिएका अधिकारीलाई एमालेले साधारण सदस्यबाट समते निस्कासन गर्ने तयारी थालेको स्रोतको दाबी छ । निवर्तमान मन्त्री अधिकारी अनुमतिविना नै कुटनीतिक मर्यादा उल्लङ्घन गर्दैै मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरु लिएर जापान पुगेका थिए । उनीसहितको टोलीलाई जापानको अध्यागमन विभागले फिर्ता पठाएसँगै घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖