• Monday 5th of October 2026

लुम्बिनी अल स्टारले दीपेन्द्रलाई एक लाख र अन्य खेलाडीलाई जनही १० हजार दिने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

दीपेन्द्रले बुधबार चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान राखेका थिए । उनले मंगोलियाविरुद्ध १० बलमा अविजित ५२ रन बनाएका थिए ।

लुम्बिनीले टिमको कप्तानसमेत रहेका दीपेन्द्रलाई एक लाख र मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा गरेको हो ।

दीपेन्द्रकै कप्तानीमा लुम्बिनीले गत वर्ष सम्पन्न नेपाल टी–२० को उपाधि जितेको थियो ।

कुशलको शतकसँगै दीपेन्द्र र कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल खडा गरेको थियो । ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलिया ४१ रनमै समेटिएपछि नेपालले २७३ रनको कीर्तिमानी जित निकालेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖