• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

अनावश्यक हो हल्ला नगर्न रास्वपा कार्यकर्तालाई देउवाको सुझाव !


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गरेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला जाने क्रममा धनगढी विमानस्थलमा पत्रकाहरुसँगको कुराकानीमा देउवाले यस्तो बताएका हुन । उनले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हल्ला नगर्न सुझाव दिएका छन् ।

उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖