• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

हिरासतमा रहेका सभापति लामिछानेलाई एकसाथ भेट्दै वाग्ले र अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापतिद्धय डोरप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले भेट्ने भएका छन् ।

सभापति लामिछानेलाई भेट्न यसअघि अर्याल र वाग्ले छुट्टाछुट्टै जाने गरेका थिए । बाहिर अर्याल र वाग्लेबीच कार्यवाहक सभापति लिन होडबाजी चलेको भनेर प्रचार गरिएको छ ।

यस्तो अवस्थामा दुवै उपसभापतिले आज सभापति लामिछानेलाई एकसाथ भेट्ने भएका हुन् । हिजोमात्रै उपसभापति अर्यालले सभापति लामिछाने बाँचुञ्जेल नेतृत्वमा विकल्प नभएको स्पष्ट पारेका थिए । प्रहरीले लामिछानेलाई पछिल्लोपटक थप १३ दिन म्याद थप गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖