काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको हो ।
यूएईका लागि समाइरा धरनिधर्कले ३० र रिनिता राजितले २० रन बनाएकी छन् ।
नेपालका लागि कृश्मा गुरुङले ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २–२ तथा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
टस जितेर यूएईले ब्याटिङ रोजेसँगै नेपाल बलिङमा उत्रिएको हो ।
