• Tuesday 6th of October 2026

आन्दोलन स्थगित गर्दै अभियन्ता ईः


  • धनकुटा खबर
  • .

काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै अभियन्ता ईः ले मेयरको कार्यालय अगाडि उभिएर गरेको प्रदर्शन स्थगित हुने भएको छ ।

बुधबार राति ९ बजे राष्ट्रियसभा गृहबाहिर पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइने ईः ले बताए ।

प्रदर्शन स्थगनको घोषणा अघि ईः पक्षका केही अभियन्ता र काठमाडौं महानगरपालिकाका केही अधिकारीहरुबीच छलफल समेत चलिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

काठमाडौंका मेयर बालेन शाहले बुधबार दिउँसो लामो स्ट्याटस लेख्दै अभियन्ता ईःका मागहरु पूरा गर्ने अधिकार आफूसँग नभएको बताएका थिए ।

मंगलबार दुवै पक्षका प्रतिनिधिबीच भएको वार्ता सहमति नजिक पुगेर पनि भाँडिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖