• Tuesday 6th of October 2026

एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ : मंसिर १५ गतेदेखि सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलको खेलतालिका सार्वजनिक गरेको हो।

एनपीएलको प्रथम संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदै छ। एनपीएलमा लुम्बिनी लायन्स, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन्।

खेलतालिका अनुसार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्ने छन्। खेल १२:१५ बजेबाट शुरू हुने छ। उद्घाटन खेलपछिका २६ वटा खेल दिनमा दुई वटाका दलले १३ दिनसम्म सञ्चालन हुने छ। दिनको पहिलो खेल बिहान ९:१५ बाट सञ्चालन हुने छ भने दोस्रो खेल १: १५ बाट शुरू हुने छ।

मंसिर १७ गतेको दिनको पहिलो खेल काठमाडौँ र चितवनबीच तथा दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने छ। १८ गते सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा, १९ गते कर्णाली र काठमाडौँ तथा विराटनगर र लुम्बिनी, २० गते पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिम, २१ गते कर्णाली र चितवन तथा लुम्बिनी र पोखराबीच खेल हुने छ।

त्यस्तै, मंसिर २२ गते लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर, २३ गते जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन, २४ गते चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा, २६ गते जनकपुर र सुदूरपश्चिम तथा काठमाडौँ र लुम्बिनी, २७ गते पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौँ, २८ गते लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन, २९ गते पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर, ३० गते विराटनगर र काठमाडौँ तथा पोखरा र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने छ।त्यस्तै, पुस १ गते सुदूरपश्चिम र कर्णालीबीच खेल हुने छ। एनपीएलका सबै खेल भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्सबाट प्रसारण गर्ने क्यानले निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖