• Tuesday 6th of October 2026

अब दैनिक २० किलोसम्म सुन ल्याउन पाइने, कुनै दिन कम भए अर्काे दिन थपेर ल्याउन सकिने


  • धनकुटा खबर
  • .

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ ।

यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।

दैनिक तोकिएको कोटा अनुसार सुन नआएमा त्यही महिनाको कुनै दिन दैनिक तोकिएको कोटामा थप गरी सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । तर, कुनै एक महिनाको कुनै दिन आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने व्यवस्था गरिएको छ ।

व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको हो ।

दसैंतिहारमा सुनको माग बढ्ने प्रमुख सिजन भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖